टी–२० सिरिजः उपाधिका लागि नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, बैशाख ९ । तीन देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।

बिहीबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दै सहज जित निकालेको हो।नेपाल ४ खेलमा ३ मा जित र १ मा हार भोग्दै ६ अंकमा शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो।

नेदरल्यान्ड्सले भने ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी गर्दै ५ अंकमा तालिकाको दोस्रो स्थानमा रह्यो।

४ खेलमा १ खेलमा वर्षका कारण बराबरी गरेको मलेसियाले बाँकी खेलमा हार भोग्दै लिग चरणबाटै यात्रा सकाएको छ। फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्