कोरोना खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई संक्रमण

काठमाडौं , बैशाख ९ ।

कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सबै युवा उमेरका छन्।

संक्रमितमध्ये केही पहिले पनि संक्रमण भइसकेका थिए । अहिले संक्रमित मध्ये अधिकांशलाई लक्षण देखिएको छ ।

संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोरोना फोकल पर्सन डा। अच्युत कार्कीले जानकारी दिए।

कोरोनाविरुद्धको खोप दुवै मात्रा लगाइ सकेकालाई पनि संक्रमण भएको उनले बताए । संक्रमण बढिरहेकाले यसमा सबैले सावधानी अपनाउनु अपनाउन, सामाजिक दूरी कायम गरी मास्क लगाउनु उनको सुझाव छ । पहिलो चरणमा देखिएको संक्रमित र अहिले देखिएकामा लक्षण फरक नभएको पनि उनले भनाइ छ ।

कोरोना संक्रमितका लागि वीर अस्पतालमा हाल ६३ बेड रहेको छ। १० वटा आइसियु र १० भेन्टिलेटर रहेको उनले जानकारी दिए।

दैनिकजसो संक्रमित थपिएकाले अस्पतालमा बेडको संख्या थपिँदै लगिएको उनले जानकारी दिए।अहिले दैनिक १० जनाको हाराहारीमा संक्रमित थपिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्