कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई एमालेले गर्यो पार्टीबाटै निश्कासित

काठमाडौं, बैशाख १० । नेकपा एमालेले कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई पार्टीबाटै निश्कासित गरेको छ ।

कर्णाली प्रदेशमा पार्टी ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेश सांसदलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले दशौँ महाधिवेशन आयोजक समितिको बैठकले उनीहरुलाई निश्कासित गरेको हो ।

जसमा प्रकाश ज्वाला, अम्मरबहादुर शाही, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीबाटै निष्काशन गरिएको हो ।यता विश्वासको मत दिएर सच्याउने देवी वलीलाई भने पार्टीबाट निष्काशन गरिएको छैन।

अब पार्टीले कारबाही गरेसँगै उनीहरुको सांसद पद समेत खारेज हुने प्रक्रिया अघि बढ्नेछ। यस्तै बैठकले स्पष्टीकरण सोधिएका माधव नेपालसहितका २७ सांसदको निर्णय गर्ने अधिकार स्थायी समितिलाई दिएको छ।

प्रतिक्रिया दिनुहोस्