कोरोनाले भरिभराउ सुदुरपश्चिमका अस्पतालः तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

काठमाडौं, बैशाख १० । भारतमा कोरोनाको दोस्रो लहर चलेसँगै यसको जोखि नेपालमा पनि परेको छ । अझै भन्ने हो भने बढि असुरक्षित त सुदुरपश्चिम रहेको छ । किन भने यहाँबाट भारतमा रोजगारीका लागि धेरै मानिस जाने गर्दछन् तर पछिल्लो समय कोरोना बढेपछि भारतका कयौं सहरमा लकडाउन गरिएको छ ।

त्यहाँ लकडाउन भएपछि धेरै स्वदेश फर्किन थालेका छन् । यस कारण सुदुरपश्चिमको धनगडिमा रहेको सेती अस्पताल र महेन्द्रनगरमा रहेका अस्पतालहरुमा संक्रमितले अस्पताल भरिभराउ छन् ।यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड रहेको थियो ।
मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण दर कम गर्न स्वास्थ्यका आवश्यक मापदण्डको पालना गर्न जरुरी रहेको पनि बताएका छन् ।

भारतका विभिन्न स्थानबाट स्वदेश फर्किरहेका नेपालीमा कोरोना भाइरस सङ्क्रमण बढेको पाइए पनि पर्याप्त मात्रामा परीक्षण हुन नसक्दा जोखिम बढ्ने खतरा देखिएको उनले बताए । बढ्दै गएको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै उनले ती स्वास्थ्य केन्द्रका अवस्था बुझ्न आज स्थलगत निरीक्षण गरेका हुन. ।

प्रतिक्रिया दिनुहोस्