चलचित्र क्षेत्रका लागि सरकारले राहत कार्यक्रम ल्याउँदै

काठमाडौं, बैशाख १० । कोरोनाले विभिन्न क्षेत्रमा असर पारेको छ ।देशको अर्थतन्त्र लगाएत अन्य क्षेत्रमा असर गरेको छ । नेपाली चलचित्र क्षेत्रमा पनि यसले असर पारेको छ ।

यसरी कोरोनाले यो क्षेत्रमा असर पार्दा चलचित्र विगत एक वर्ष देखि माथि उठ्न सेकेको छैन् । यसरी काम ठप्प ,हल बन्द हुँदा संञ्चालक र कलाकाहरु निराश भएका छन् । उनीहरुले आफुहरुका लागि केहि गर्न सरकार सँग माग गरिरहेका छन्। यसैबीच उनीहरुका माग सरकारले पुरा गर्ने भएको छ ।

यसका लागि सरकारले राहतको कार्यक्रम ल्याउन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन् ।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा आज यहाँ आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नौ संस्करणको उद्घाटन समारोहमा मन्त्री ज्ञवालीले यस्तो जानकारी गराएका हुन् । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष असर परेकाले सरकारले सहयोग गर्ने आश्वासन उनले दिए ।

यस्तै कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालले वार्षिकरुपमा अन्तरराट्रियरुपमा चलचित्र महोत्सव आयोजना गर्नुपर्ने जनाउँदै त्यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए । चलचित्र विकास सङ्घका अध्यक्ष आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकास गर्न वार्षिकरुपमा कार्यक्रम ल्याउनुपर्ने तथा नेपाली चलचित्र अन्तरराष्ट्रियकरण गर्न पहल गर्नुपर्ने बताए ।

कलेजका संस्थापक डा मञ्जु मिश्रले महोत्सवले अफ्रिका र नेपालबीच थप घनिष्ठ सम्बन्ध स्थापना हुने र दुई देशलाई नजीकबाट बुझ्न थप सहयोग पुग्ने बताए ।सरकारको यो राहत कार्यक्रमले केहि हदसम्म भएपनि चलचित्र क्षेत्रलाई राहत भन्ने पक्कै मिल्नेछ । तीन दिनसम्म चल्ने महोत्सवमा नौ अफ्रिकीसहित केही नेपाली चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्