एकैदिन २५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ५ जनाको मृत्यु , ४१० निको भए

काठमाडौं, बैशाख १० । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार पाँच सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार सात सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार चार सय ४९ जना र आठ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय १० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९४ हजार ६ सय एक पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय १० जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७६ हजार सात सय ५५ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म तीन हजार एक सय २२ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार सात सय २४ रहेको स्वासथ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्