एमालेले थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने

काठमाडौँ , बैशाख १० । सत्तारुढ नेकपा (एमाले)ले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकमा सम्बोधनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले थापालाई नै आगामी उपचुनावमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने बताएका हुन् ।

जनता पुनः एमालेको पक्षमा छ भन्ने सन्देश दिन निर्देशन दिँदै प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेमा लागेपछि जसरी नि संरक्षण हुने आश्वासन दिएका छन् ।

साविकको नेकपाबाट राष्ट्रिय सभा सदस्य बनेका थापा एमालेमा लागेका कारण उनलाई माओवादी केन्द्रले सांसदबाट हटाएको थियो ।

सांसद पद खोसिएपछि पुनः गृहमन्त्री बनेका थापालाई आगामी उपनिर्वाचनमा पनि उम्मेदवार बनाउने एमाले अध्यक्ष ओलीले घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्