कोरोना महामारीविरुद्ध परिचालित हुन नेता कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौँ, बैशाख १२ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज बसेको एमालेको महाधिवेशन आयोजक कमिटिको बैठकमा ओलीले यस्तो निर्देशन दिएका हुन् । सीसीएमसीको बैठकले गरेको सिफारिस लगाएतका विषयमा जानकारी गराएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यसबाहेक पार्टीको ह्रवीप उल्लंघन गर्ने सांसदहरुलाई कारबाही गर्ने विषय समेत बैठकमा सामान्य छलफल भएको ज्ञवालीले बताए ।

उनले स्पष्टीकरण सोधिएका नेताहरुलाई कस्तो कारबाही गर्ने भन्ने जिम्मा स्थायी कमिटिलाई दिइएको अबस्थामा कर्णाली प्रदेशमा जस्तै अन्य स्थानमा समेत फ्लोर क्रस हुनसक्ने विषयमा पनि छलफल भएको उनले बताए ।बैठक अहिले पनि जारी नै रहेको छ ।

पछिल्लो समय नेपालमा कोरोना बढ्दै जान थालेको छ । सरकालाई लकडाउन गर्न समेत सुझाव दिइसकेको छ । तर प्रधानमन्त्री ओली अहिले नै लकडाउन गर्न आवश्यक नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्