विदेशीको पीसीआर परीक्षण परिचयपत्र हेरेर मात्र गर्न सरकारको निर्देशन

काठमाडौं, बैशाख १२ । सरकारले विदेशी नागरिकको पीसीआर परीक्षण परिचयपत्र हेरेर मात्र गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दैै प्रयोगशालाहरूलाई यस्तो आग्रह गरेको हो।

सूचनामा भनिएको छ, कोभिड–१९ को परीक्षणको व्यवस्था गर्दा नेपााली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी, निजका परिवार, नेपालमा बसोबास गरिररहेका विदेशी नागरिकलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध छ।’

मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएर कुनै पनि विदेशी नागरिकको कोभिड–१९ परीक्षण नगर्न निर्देशन दिएको छ।

‘यसविपरीत कुनै पनि प्रयोगशाला वा व्यक्तिहरुले परीक्षण गर्ने गरेको पाइएमा नियमानुसार कारबाहीसमेत गरिने व्यहोरा सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ’, मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्