बञ्चरो प्रहार गरि छोराले गरे आफ्नै बाबुको हत्या , छोरा पक्राउ

काठमाडौं , बैशाख १२ । मकवानपुरमा छोराले बञ्चरो प्रहार गरि आफ्नै बाबुको हत्या गरेका छन् ।

कैलाश गाउँपालिकामा ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।

उनका अनुसारअभियुक्त ३० वर्षीय अञ्जन सापकोटालाई प्रहरी चौकी भार्ताले नियन्त्रणमा लिएको छ ।

अञ्जनले आफ्नै बाबुलाई ‘के कति कारणले बञ्चरो प्रहार गरी हत्या गरेको भन्ने बारे केहि खुलेको छैन । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्