उकालोतर्फ कोरोना ग्राफः आज थप २८ संक्रमितको मृत्यु

काठमाडौं, बैशाख १२ । नेपालमा कोरोना संकट चुलिँदै गएको छ। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मुत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो चौबीस घण्टामा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना भाइरस सङ्क्रमित बढिरहे केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको छ ।

मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्