कोरोना जोखिमबारे छलफल गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै, हुन सक्छ निषेधाज्ञा!

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार उपत्यकामा रहेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । आज बस्ने बैठकले सीसीएमसीको सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन सक्नेछ ।

कोरोना संक्रमण तीव्र बनेपछि नियन्त्रणका लागि थप कडाइ के गर्ने भन्ने सम्बन्धमा निर्णय गर्न आज काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरूको संयुक्त बैठक बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन्।

सीसीएमसीले गरेका निर्णय आज प्राप्त हुने र त्यसअनुसार निर्णय गरिने उनले जानकारी दिएका छन्। यस आधारमा उपत्यकाका तीनै जिल्लामा आजै ‘लकडाउन’ (निषेधाज्ञा जारी) गरिने सम्भावना छ।

काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने सरकारले तयारी गरेको छ । उता बाँकेमा आजदेखि एकसातासम्म निषेधाज्ञाको घोषणा गरिएको छ भने रुपन्देहीमा पनि जोरबिजोर प्रणाली लागस् गरिएको छ । सरकारले भिडभाड नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्