भारतमा कोरोना संकट: अमेरिका र फ्रान्सलगायतका देशले गरे सहयोगको घोषणा

काठमाडौँ , बैशाख १३ । भारतमा अहिले तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । विश्वमा आएको कोरोनाभाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित छ भारत ।

यसरी संकटको चपेटोमा भारत परेपछि विभिन्न देशले सहयोगको घोषणा गरेका छन् । अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन् । उनले भनेका छन्, “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत ग¥यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ ।’

यसअघि भारतमा कोभिडविरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा रोक लगाएको थियो तर त्यो निर्यात प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको बताएको छ । यसैगरि बेलायतले पनि भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदैछन् ।

हरेकदिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा संक्रमितको संख्या ३ लाख नाघेको छ ।त्यस्तै फ्रान्सले पनि भारतको कोरोना संकटमा सहयोग गर्ने बताएको छ ।

राष्ट्रपति इम्यान्युल म्याक्रोनले भारतलाई अक्सिजनसहित अन्य स्वास्थ्य सामाग्री सहयोग गर्ने तयारी गरिरहेको बताएका छन् ।

त्यस्तै जर्मनी, ब्रिटेन र युरोपियन युनियनले पनि भारतलाई महामारीविरुद्ध लड्न अक्सिजन, स्वास्थ्य सामाग्रीको सहयोग गर्ने घोषणा गरेका छन् । ब्रिटेनले भारतलाई ६ सयभन्दा बढी भेन्टिलेटर र अक्सिजन कन्टेनर पठाउने तयारी गरेको बताइएको छ । अहिले कोरोनाको सामना भारत गरिरहेको छ ।यहाँ दिनिक जसो कोरोनाले नयाँ रेकर्ड कायम गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्