त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं , बैशाख १३ । त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।

काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बिहीबार रातिबाट निषेधाज्ञा जारी गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्