प्रहरी चौकीमा आक्रमण, ५ प्रहरी अधिकारीको हत्या

काठमाडौं, बैशाख १४ । एक प्रहरी चौकीमा आक्रमण गरि ५ प्रहरी अधिकारीको हत्या गरिएको छ ।

दक्षिणी नागइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले आक्रमण गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका हुन् ।

सोमबार ती बन्दुकधकधारीहरुले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिन पुगे ।

यसअघि पनि उक्त प्रहरी चौकीमा आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । -फाइल तस्बिर 

प्रतिक्रिया दिनुहोस्