नेपाललाई ट्रान्जिट बनाएर तेस्रो देश जान नपाइने

काठमाडौं , बैशाख १४ । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा हुने यात्रामा रोक लगाइएको छ।

कोभिड-१९ नयाँ भेरियन्टको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अध्यागमन विभागले बुधबार राति १२ बजेदेखि लागू हुने गरी ट्रान्जिट यात्रामा रोक लगाएको हो।

यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आउन र विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न पाइने छैन।

साथै विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जान भने साविक बमोजिम नै नियमित रहने विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्