फुटसलको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त

काठमाडौं, बैशाख १४। नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई ६ महिनाको लागि मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।

मंगलबार एन्फाका महासचिव इन्द्रमान तुलाधरले बस्नेतलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्। एएफसी(एन्फा ए लाइसेन्स पुरा गरेका बस्नेतले यसअघि राष्ट्रिय फुटसल टिमको सहायक प्रशिक्षकका रुपमा काम गरिसकेका छन्।

बस्नेतले आफुले यो जिम्मेवारी पाउँ खुशी भएको बताउँदै आगामी दिनमा आफ्नो प्राथमिकता नेपाली फुटसलको स्तरमा सुधार गर्ने रहेको बताएका छन् ।

नियुक्त भएसँगै अब बस्नेतले सन् २०२२ मा हुने एएफसी फुटसलको एसियाली छनौटका लागि अक्टोबरमा हुने खेलमा पदभार लिनेछन्। बस्नेतलाई एन्फाको फुटसल समितिले उब्त पदका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्