कोरोना संक्रमित पूर्व राजारानीलाई अक्सिजनको सहयोगमा उपचार

काठमाडौँ , बैशाख १४। कोरोना संक्रमित पूर्व राजा ज्ञानेन्द शाह र पूर्व रानी कोमहल शाहलाई अक्सिजनको सहयोगमा उपचार गरिएको छ ।

कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका उनीहरुको अक्सिजनको सहयोगमा उपचार गरिएको अस्पतालले जनाएको छ ।

‘उहाँहरु शनिबार (बैशाख ११ गते) दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना हुनुभएको थियो,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाबाट संक्रमितमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो ।’

प्रतिक्रिया दिनुहोस्