काँग्रेस केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना: बैठक स्थगित

काठमाडौँ , बैशाख १५ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ ।

काँग्रेस केन्द्रीय समितीको बैठक बस्नु अघि गरिएको कोरोना परिक्षणमा कार्यसमिति सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि बैठक स्थगन गरिएको हो ।

मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् ।

उनले यस्तो स्थितिमा कोरोनाको तीव्र संक्रमण बढिरहेको बेला ठूलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्