सरकारले लियो मधेश आन्दोलनसँग सम्बन्धित १२० जनाको मुद्दा फिर्ता , को को हुँदैछन् रिहा ? (सुचीसहित)

काठमाडौँ, बैशाख १५ । सरकारले १२० जनाको मुद्दा फिर्ता लिएको छ। तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको हो । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो ।

१२० जनाको मुद्दा फिर्ता लिइएको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए। जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको बताइएको छ ।

मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस्