देशभरका विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने सरकारको निर्णय

काठमाडौं, बैसाख १५ । सरकारले देशैभरका विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने निर्णय गरेको छ ।

विभिन्न मितिमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले यस्तो जानकारी दिएका हुन् ।

कोरोना संक्रमण बढ्दै जाँदा शैक्षिक संस्थाहरुमा प्रत्यक्ष उपस्थित नभइ भर्चुअल र वैकल्पिक माध्यमबाट शिक्षण गर्ने निर्णय गरिएको उनले बताए ।

‘शहरी क्षेत्रमा मात्रै भर्चुअल माध्यमबाट पठनपाठन हुने हो कि भन्ने भ्रम छ। किनकी गाउँमा त इन्टरनेट छैन’ मन्त्री गुरुङले भने, ‘शहरी क्षेत्रमा मात्रै नभएर देशैभर भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने निर्णय भएको हो ।’ उनले भने, ‘सरकारले देशैभरका शैक्षिक संस्थामा इन्टरनेट सेवा पुर्‍याउने निर्णय गरेको छ ।’

अक्सिजन सिलिण्डरमा कर छुट

यस्तै सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय पनि गरेको छ । मन्त्रिपरिषदको बैठकले अक्सिजनलगायत जीवनदायक मालवस्तुमा कर छुट दिने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्