अक्सिनजको मात्र कम देखिएपछि कोरोना संक्रमित पूर्वरानी कोमल आईसीयूमा

काठमाडौं, बैशाख १६ । अक्सिनजको मात्र कम देखिएपछि कोरोना संक्रमणपछि उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूमा भर्ना गरिएको छ।

उनलाई आईसीयूमा सारिएको नर्भिक अस्पतालले जनाएको छ । उहाँमा श्वासप्रश्वासमा समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको अस्पताले जनाएको छ ।

साथै अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको छ। उनी अहिले पनि अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन्।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको अस्पतालले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना निकै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्