भारतबाट आउनेमा धमाधम कोरोना , रोकथाममा छैन स्थानीय सरकारको चासो

काठमाडौं, बैशाख १६ । छिमेकी जिल्ला भारतमा कोरोनाले नयाँ रेकर्ड कायम गरिरहेको छ । यसक कारण यता नेपालमा पनि यसको जोखिम बढि सक्यो रत सरकारले आज बाट निषेज्ञा लागू गरेको छ ।

भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका आम नागरिकलाई कोरोना पुष्टि भइरहेको छ । यसैबीच उता डोटीमा भारतबाट फर्किएका ६८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अन्य दुई जनाको मुत्यु भइसेको छ ।

जिल्लामा दैनिकरूपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको भए पनि त्यहाँका स्थानीय तहले कोरोना नियन्त्रण तथा रोकथामका लागि खासै पहल नचालेका कारण समस्या उत्पन्न भएको स्थानीयवासीको भनाइरहेको छ ।

दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिनसमेत निर्माण गरेका छैनन्।

क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधैँ गाउँ जाने तथा समुदायमा घुलमिल हुने गरेका कारण कोरोना सङ्क्रमणदर फैलिँदै गएको छ ।

दैनिकजसो छिमेकी मुलुक भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयवासी जिल्ला भित्रने क्रम बढिरहेको भए पनि जिल्ला बाहिरबाट आउने व्यक्तिको तथ्याङ्क लिने, व्यवस्थापन गर्नेलगायत कामको सुरुवातसमेत नगरिएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले भारतबाट घर फर्किएकालाई अनिर्वाय होम क्वारेन्टिनमा बस्न आग्रह गरेको भए पनि भारतबाट आएकाहरू गाउँगाउँमा डुल्ने गरेका कारण यहाँका गाउँघरमा कोरोनाको बढी जोखिम रहेको स्थानीयवासीले बताएका छन् ।

भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न लगाउन सबै स्थानीय तहलाई आग्रह गरिएको भए पनि यसो भने गरिएको पाएको छैन ।
अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्