स्वास्थ्य प्रणाली ध्वस्त भइसकेको भन्दै अमेरिकाद्वारा आफ्ना नागरिकलाई भारत छोड्न आग्रह

काठमाडौं, बैशाख १६ । विश्वमा अहिले कोरोनाको दोस्रो लहर चलीरहेको छ । यसबाट सबै भन्दा बढि प्रभावितमा भारत  परेको छ । भारतमा दैनिक जसो ३ लाख भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ ।

भारतमा विभिन्न देशका नागरिक पनि रहेका छन् । यसैबीच अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल भारत छाडेर स्वदेश फर्कन आग्रह गरेको छ ।

भारतमा तीव्र रूपमा कोरोना भाइरस फैलिएपछि अमेरिकाले एक एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको हो ।

भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले विमान समातेर स्वदेश फर्कन भनेको हो । अमेरिका फर्कने नागरिकका लागि भारतले ४ ट्राभल नोटिकस पनि जारी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडले कोरोनाबाट जुध्नका लागि मद्दत गर्ने सम्बोधनको क्रममा आफ्ना नागरिकका लागि पनि फर्कन आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्