काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा

काठमाडौं , बैशाख १६ । काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको छ । काठमाडौं उपत्यकामा पनि बाहिर पानी परिरहेको छ भने देशका अधिकांश पहाडी क्षेत्रमा वर्षा भएको छ । यो क्रम अहिले पनि जारी नै रहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।

तराई क्षेत्रमा भने सामान्य मौसम बदली देखिए पनि पानी परेको छैन । मौसमविद अर्यालका अनुसार पहाडी क्षेत्रमा दुई दिनसम्म पानी पर्न सक्छ । तर तराईमा भने मौसम बदली र सामान्य वर्षा भए पनि ठूलो पानी नपर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्