कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

काठमाडौं , बैशाख १६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ । मल्लका बुवा रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

नेपाल क्रिकेट संघ ९क्यान०का केन्द्रीय सदस्य छुम्बी लामाले समाजिक स्ञ्जाल फेसबुकमार्फत कप्तान मल्लको पिताको निधन भएको जानकारी दिएका छन् । उनको बिहान ९ बजे घरमा नै निधन भएको हो । रामकृष्ण मल्लको आजै टेकुमा अन्त्येष्टि गरिएको छ ।

पछिल्लो एक हप्तायता रामकृष्णको स्वास्थ्य अवस्थामा समस्या आएको थियो । अहिले उनको परिवार शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्