रुपन्देहीमा निषेधाज्ञा उलंघन गर्ने ३ जनालाई एक महिनाका लागि जेल चलान

काठमाडौं, बैशाख १७ । सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू गरेको छ । तर पनि सर्वसाधारण भने बाहिर हिडडुल गरिरहेका छन् ।

उता रुपन्देही प्रहरीले निषेधाज्ञा उलंघन गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा प्रहरीले थियो ।

नियन्त्रणमा लिएकामध्ये रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

उनीहरुले ९ हजार जरिवाना रकम तिर्न नसक्दा कारागार पठाएको प्रहरीले जनाएको छ । थापाले नियन्त्रणमा लिइएका अन्य भने जरिवाना वापतको रकम तिरेर छुटेको बताए ।

यता काठमाडौंमा पनि निषेधाज्ञाको पहिलो दिन हिजो धरै सवारी साधन तथा सर्वसाधारणलाई कारवाही गरेको छ । साथै आजबाट कडाइ गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्