सभापति देउवाले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं , बैशाख १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

कोभिड–१९ नियन्त्रणका लागि सरकारले गरेको प्रयास, सत्ता सहकार्य, समयसामयिक राजनीतिक विषय र पार्टीको आगामी महाधिवेशनको सन्दर्भमा देउवाले शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

केन्द्र र प्रदेशमा भइरहेको सत्ता समीकरणको विषयमा छलफल भइरहेको सन्दर्भमा सभापति देउवाले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

देश अहिले कोरोना महामारीको चपेटोमा परेको छ । यस विषयमा पनि थप छलफल हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्