कपिलवस्तुमा कोरोना संक्रमित महिलाले जन्माइन् बच्चा

काठमाडौं, बैशाख १७ । कपिलवस्तुमा एक जना कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छन् ।

चार दिन अघि कोरोना पोजेटिभ भएकी प्यूठानकी ३१ वर्षीया महिलाले शल्यक्रियामार्फत कपिलवस्तु अस्पतालमा बच्चा जन्माएकी हुन् ।

उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुगे पनि शय्या अभाव भएपछि महिलालाई कपिलवस्तु रिफर गरिएको थियो । राति १० बजे महिलाको शल्यक्रिया गरी बच्चा निकालिएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए ।

प्रसुती गराउने समयमा कोरोना संक्रमण भएकाले उपचार चुनौतीपुर्ण भए पनि उपचार सफल भएको भएको श्रेत्रीको भनाइ छ ।

आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक रहेको तर कोरोना संक्रमण्का कारणले उनीहरुलाई छुट्टा–छुट्टै राखिएको छ ।

यता बच्चाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको अस्पतालले जनाएको छ । बच्चाको रिपोट भने अब कस्तो आउने हो भन्ने चिन्ता भने थपिएको छ।

प्रतिक्रिया दिनुहोस्