गायक प्रकाश सपुतलाई पनि कोरोना संक्रमण, फेसबुकमा लेखे यस्तो..

काठमाडौं , बैशाख १७ । गायक प्रकाश सपुतलाई पनि कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

प्रकाशले काठमाडौं मेडिकल कलेजमा गराएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् – अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ! आसा राखौ यो माहामारी छिट्टै टरेर जानेछ । हामी जिवनको पुरानै लयमा फर्किने छौ । Stay safe !

 

प्रतिक्रिया दिनुहोस्