कोरोनालाई अफवाह मान्ने भारतीय सांसदको कोरोनाकै कारण मृत्यु

काठमाडौं, बैशाख १७ । विश्व नै कोरोनाले आतंकित छ । कोरोनाभाइरसका कारण अहिले विभिन्न देशले यसको मार खेपीरहेका छन् । पछिल्ला दिनहरुमा भारतमा त झन् कोरोना संक्रमितको संख्याले दिनानुदिन नयाँ रेकर्ड कायम गरिहेको छ ।

त्यहाँ अहिले कोरोना संक्रमण ह्वात्तै बढेको छ । तर, भारतमा केही यस्ता मानिसहरु पनि छन् जसले कोरोनालाई अफवाहको संज्ञा दिएका छन् । तिनैमध्ये एक हुन्, उत्तरप्रदेशका भारतीय जनता पार्टीका विधायक केसर सिंह गंगवार । सांसद केशरले केही दिनअघिसम्म कोरोना अफवाह भएको र भारतबाट यो हराइसकेको बताएका थिए ।

तर, तिनै केशरले कोरोनाकै कारण २८ अप्रिलमा ज्यान गुमाएका छन् । केशरको मृत्यु भएको समाचार आएपछि अहिले भारतीय मिडियामा यसलाई विशेष प्राथमिकता दिइएको छ ।

उनले त यसपटक कोरोना संक्रमण भएपछि अस्पतालमा राम्रोसँग उपचार पनि नपाएको समाचारमा उल्लेख छ । यसरी कोरोनालाई अफवाहका रुपमा नलिउ यसले अकालमै ज्यान लिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्