सरकारले भन्यो – अब अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने अवस्था आयो

काठमाडौं , बैशख १७ । पछिल्लो समय नेपालमा कोरोना एकाएक बढ्यो , संक्रमण र मृत्युदर ह्वात्तै बढे । यता सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको भएको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

मन्त्रालयले अघि भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’

मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गरेको छ ।

आ -आफ्नो ठाउँबाट यो महामारीमा सहयोग गर्न मन्त्रालयले आह्वान गरेको छ। कोरोना नियन्त्रणका लागि सरकाले अहिले निषेधाज्ञा लागू गरेको छ । यसको पालना गर्न पनि आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्