साताको नेप्से २६ सय ११ अंकमा : २७ अर्ब ३३ करोडको सेयर किनबेच

काठमाडौं , बैशाख १७ । यो साता नेप्से २६ सय ११ दसमलव १० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ६९ दसमलव दुई अंकमा पुगेको छ ।

यो साता दुई सय २० वटा कम्पनीहरुको तीन लाख ५१ हजार तीन सय २२ पटकको कारोवारमा पाँच करोड ६५ लाख ८८ हजार दुई सय ९४कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम २७ अर्ब ३३ करोड १६ लाख ७० हजार पाँच सय ४५ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा केही कम हो ।

नेप्सेमा गत साता भने दुई सय १६ वटा कम्पनीहरुको तीन लाख ७४ हजार पाँच सय ३१ पटकको कारोवारमा सात करोड २९ लाख १८ हजार नौ सय ६६ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम ३२ अर्ब ७९ करोड ४६ लाख १३हजार एक सय ७० रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन खुल्ला रहेकोमा पहिलो, दोस्रो र चौथो दिन घटेको थियो भने तेस्रो र पाँचौं दिन बढेको थियो ।

जस मध्ये पहिलो दिन नेप्से ७५ दसमलव ७९ अंकले घटेर २५ सय ७२ दसमलव २२ अंकमा पुगेकोमा सेन्सिटिभ पनि १२ दसमलव ५६ अंकले घटेर चार सय ६४ दसमलव पाँच अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से ६५ दसमलव ५८ अंकले घटेर २६ सय छ दसमलव ६१ अंकमा पुगेकोमा सेन्सिटिभ पनि ११ दसमलव २५ अंकले घटेर चार सय ५२ दसमलव ७९ अंकमा पुगेको थियो ।

तेस्रो दिन भने नेप्से ९२ दसमलव ४६ अंकले बढेर दुई हजार पाँच सय ९९ दसमलव सात अंकमा चढेकोमा सेन्सिटिभ पनि १४ दसमलव ४८ अंकले बढेर चार सय ६७ दसमलव २८ अंकमा चढेको थियो ।

चौथो कारोवार दिन भने नेप्से १३ दसमलव ७९ अंकले घटेर दुई हजार पाँच सय ८५ दसमलव ३८ अंकमा पुगेकोमा सेन्सिटिभ पनिदुई दसमलव १६ अंकले घटेर चार सय ६५ दसमलव ११ अंकमा पुगेको थियो ।

पाँचौ दिन भने नेप्से २५ दसमलव ८२ अंकले बढेर दुई हजार छ सय ११ अंकमा पुगेकोमा सेन्सिटिभ पनि तीन दसमलव ९१ अंकले बढेर चार सय ६९ दसमलव दुई अंकमा पुगेको थियो ।

यो साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल बंगलादेश बैंक आदिको बढी रकम कारोवार भएकाछन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेशनल हाईड्रो पावर कम्पनी अगाडि परेकाछन् ।

बजार पुंजीकरणका आधारमा आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, आदि परेकाछन् ।

प्रतिक्रिया दिनुहोस्