नेपाललाई कोरोनाविरुद्ध लड्न अमेरिकाले ८५ लाख डलर दिने

काठमाडौँ, बैशाख १८ । अमेरिकाले नेपाललाई कोभिड रोकथाम तथा नियन्त्रणका लागि ८५ लाख अमेरिकन डलर सहयोग गर्ने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाले (यूएसएड) अन्तगर्त नेपाललाई आपतकालीन सहयोग गर्ने भएको हो ।

दूतावासद्वारी जारी विज्ञप्ति अनुसार सो सहयोग रकम, कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार, कोरोना नियन्त्रण, सीमा क्षेत्र नियन्त्रणमा खर्च गरिनेछ ।

यस्तै संघीय, प्रदेश र स्थानीय तह स्तरमा सो सहयोग रकम कोरोनाविरुद्धको लडाइँमा खर्च गरिने दूतावासले जनाएको छ । दूतावासले यो अवधिमा यूएसएडले घरधुरी स्तरमा पनि कोरोनाविरुद्ध काउन्सिलिङ गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्