मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना महामारीको सम्बन्धमा थप निर्णय हुनसक्ने

काठमाडौं , बैशाख १९ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्नेछ ।

बैठकले के(के विषयमा निर्णय गर्ने भन्नेबारे खुलाइएको छैन । आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा छलफल केन्द्रीत हुन सक्ने र आवश्यक निर्णय आउन सक्ने एक मन्त्रीले बताएका छन् ।

बैठकले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को सिफारिसलाई पारित गर्ने सम्भावना रहेको छ ।

सीसीएमसीले निषेधाज्ञाको समयमा गाडीको चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाका एक चौथाई शाखाहरु मात्रै सञ्चालन गर्न सिफारिस गरेको छ । त्यसमा पनि एक चौथाई कर्मचारी राख्नु पर्ने र त्यसको सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने भनिएको छ ।

सीसीएमसीले सरकारी कार्यालयमा पनि एक चौथाई मात्रै कर्मचारी राखेर सञ्चालन गर्न सिफारिस गरेको छ । यस्तै बैठकले होटेल क्वरेण्टीन नियम पालना नगर्नेलाई कानुनबमोजिम जरिवाना गर्ने तथा होटेल क्वरेण्टीनको व्यवस्थापनमा लापरबाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्