कोरोना कहर: पछिल्लो २४ घण्टामा पोखरामा ८ जना संक्रमितको मृत्यु

काठमाडौं, बैशाख १९ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका विभिन्न अस्पतालमा उपचाररत ७ जना र होमआइसोलेसनमा रहेका एक संक्रमितको मृत्यु भएको हो।

जसमा पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुषको शनिबार होमआइसोलेसनमा निधन भएको हो।

पोखरा २६ की ५८ वर्षीया महिलाको शनिबार राति मणिपाल अस्पतालमा, पर्वत कुश्मा नगरपालिका ५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा, दाङ राप्ति गाउँपालिका ५ का ४३ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा, पोखरा महानगरपालिका १६ की ७३ वर्षीया महिलाको मेडप्लस अस्पतालमा, पोखरा १० की महिलाको मेडिप्लसमा, पोखरा १९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा र रुपन्देही बुटवल उपमहानरपालिका ३ का ७५ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा निधन भएको हो।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्