आज सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, बैशाख १९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको छ ।

मुल्य बढेसँगै आज सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ८९ हजार ५ सय रपैयाँ रहेको ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको भाउ आज २० रुपैँयाले घटेर प्रतितोला १२ सय ९५ रुपैयामा कारोबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्