कोरोना संक्रमण दर झन् बढ्दोक्रममा , अक्सिजन अभाव

काठमाडौं , बैशाख १९ । सरकारले कोरोनाबाट अति उच्च जोखिम जिल्लामा निषेधाज्ञा जारी गरे पनि संक्रमण दर झन् बढ्दोक्रममा रहेको पाइएको छ ।

काठमाडौं उपत्यकासहित देशभरका २३ जिल्लामा निषेधाज्ञा जारी छ । तर, ती जिल्लामा संक्रमीत संख्या घट्न सकेको छैन । उपत्यकाका तीनै जिल्ला, काठमाडौं, ललितपुर र भक्तपुरमा दैनिक संक्रमित संख्या दुई हजारभन्दा माथि छ ।

उपत्यकाका अस्पतालमा हाल १ सय ९० संक्रमित आईसीयू र भेन्टिलेटरमा छन् । त्यस्तै, ८ सय ८९ आइसोलेसनमा छन् । जबकी उपत्यकामा गत १६ वैशाखदेखि लकडाउन जारी छ । देशभर केही दिनयता पाँच हजारभन्दा बढीमा संक्रमण देखिने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ ।

यसैबीच, कोरोना संक्रमण प्रतिदिन बढ्दै गए पनि सरकारको भूमिका प्रभावकारी नभएको देखिएको छ । मुख्यतः खोप, अक्सिजन सिलिण्डर, रेम्डेसिभिर चरम अभाव छ । भेन्टिलेटर, आईसीयू
नभएर गम्भीर संक्रमितले ज्यान गुमाउनुपरेको छ । खोप अभाव हुँदा शिक्षक र विभिन्न उमेर समूहका नागरिक खोप लगाउनबाट बञ्चित छन् ।

कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिरहेकोले अस्पतालमा अक्सिजन, भेन्टिलेटरसहितको आईसीयू अभावमा बिरामी छट्पटिने अवस्था सिर्जना भएको छ । अहिले पनि अक्सिजनसहित शैया अभावमा गम्भीर संक्रमितलाई उपचार पाउन सकस परेको छ । स्वास्थ्य मन्त्रालयले खोप ल्याउन कुटनीतिक पहल गरेको बताए पनि अहिलेसम्म कुनै देशबाट खोप आउने सुनिश्चितता छैन ।

बजारमा रेम्डेसिभिर अभाव छ । औषधि व्यवस्था विभागले थप ५५ हजार भाइल रेमडिसिभिर औषधि आयातका लागि अनुमति दिएको छ । यद्यपि, गम्भीर संक्रमितले सहज तरीकाले अहिले बजारमा रेम्डेसिभिर पाउन सकेका छैनन् । नेपाल चिकितसक संघले जनताको स्वास्थ्यको जिम्मेवारी सरकार भएको हुँदा महामारीमा दायित्वबाट पन्छिन नमिल्ने जनाएको छ ।

कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिरहेकोले अस्पतालमा अक्सिजन, भेन्टिलेटरसहितको आईसीयू अभावमा बिरामी छट्पटिने अवस्था सिर्जना भएको छ । अहिले पनि अक्सिजनसहित शैया अभावमा गम्भीर संक्रमितलाई उपचार पाउन सकस परेको छ

संघ महासचिव डा। बद्री रीजालले महामारी बढदै गइरहेको सुरुकै अवस्थामा स्रोत साधन उचित व्यवस्थापन गरी संक्रमणसँग जुध्न सीमित संख्याका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप समयमै दिएर सुरक्षित बनाई तदारुकतासाथ अघि बढ्नुपर्नेमा जोड दिए ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण दर बढ्दै गए पनि आतंकित हुन नहुन आग्रह गरे । ‘अक्सिजनलगायत समस्या देखिएका छन् । तथापि हामी समाधान गर्न कोशिस गरिरहेका छौं,’ मन्त्री त्रिपाठीले भने, ‘भेन्टीलेटर, रेम्डेसिभिर जोह गर्न सरकार लागिरहेको छ, व्यवस्थापनमा केही त्रुटि भए पनि जनताको जीवनरक्षाका लागि कुनै कसर बाँकी राखिने छैन ।’

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन संक्रमण रोकथाममा स्वयं व्यक्ति सचेत हुनुपर्नेमा जोड दिन्छन् । संक्रमणबाट बच्न जनस्वास्थ्य मापदण्ड पालना ख्याल गर्नुपर्ने उनको सुझाव छ । संक्रमण रोकथाममा जनस्वास्थ्य मापदण्ड मास्क लगाउने भौतिक दूरी कायम, साबुनपानीले बेलाबेला हात धुने उपाय अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । भारतमा मात्रै गएको २४ घण्टामा चार लाख संक्रमित नाघेको छ । अहिले पनि भार तसँग जोडिएका सीमानाका पूर्ण रूपमा कडाइ हुन नसक्दा जोखिम बढ्दोक्रममा छ ।

देशभर शनिबार ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९ सय ६९ को पीसीआर र ५ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको छ । योसँगै नेपालमा संक्रमित संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । हाल, देशभर सक्रिय संक्रमित सख्ंया ४३ हजार २ सय १३ पुगेको छ । देशभर शनिबार १ हजार २ सय ८७ संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८२ हजार ३ सय ८२ संक्रमित निको भएका छन् ।राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्