राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

काठमाडौँ, बैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओली शीतलनिवास गएका हुन् ।

एमालेले आज आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाए पनि बैठकमा भएका छलफल र निर्णय सार्वजनिक गरेको छैन ।

बैठक सकिएलगत्तै प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्