विमला वली माओवादीतर्फ, शंकर पोखरेलको बहुमत नपुग्‍ने

काठमाडौं, बैशाख १९ । लुम्बिनी प्रदेशमा नयाँ सरकारले हलचल भएको छ। एमाले नेता उत्तर कुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि दाङ प्रदेशसभा ३ ९ख० बाट उपनिर्वाचन जितेकी वली माओवादीमा लागेसँगै पोखरेलको बहुमत गुमेको हो।

आजै पदबाट राजीनामा दिएका पोखरेलले बहुमत संख्या ४१ सांसदसहित मुख्यमन्त्रीमा फर्किने योजना बनाएका थिए। तर वली माओवादीका लागेसँगै पोखरेलले बहुमत जुटाउन नसक्ने अवस्था आएको हो।

दुर्घटनामा ज्यान गुमाएका उनका पति उत्तरकुमार वली एमालेबाट निर्वाचित भएका थिए। तर उपनिर्वाचनका बेला दुई पार्टी मिलेर नेकपा बनेको थियो। नेकपाबाट उपनिर्वाचन लडेकी उनी फागुन २३ मा दुई पार्टी ब्यूँतिएपछि कता लाग्ने भन्ने टुंगो थिएन।

यस्तोमा लुम्बिनीमा सत्ताको खेल भइरहँदा वलीले माओवादीलाई साथ दिने भएकी हुन्। मुख्यमन्त्री पोखरेलले उनीसहित ४१ जना सांसदको हिसाबसहित बहुमत दाबी गरेको थियो।

यसैबीच विमलाले आफू माओवादीमा प्रवेश गरेको बताएकी छन्। उनले आफूलाई उपनिर्वाचनमा नेकपाबाट उठ्दा माओवादीले नै जिताएकाले त्यतै लागेको जानकारी दिएकी छन्।

यसैबीच माओवादीले विमला पार्टी प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्