नेप्सेमा ५४ अंकको उछाल

काठमाडौँ, बैशाख १९ । निषेधाज्ञाका बीच कारोबारको पहिलो दिन आज ५४ अंकले नेप्से बढेको छ । निशेधाज्ञाका कारण सबै क्षेत्र बन्द रहेको भएपनि सेयर बजार भन्ना खुुल्ला रहेको छ ।

धेरैजसो लगानीकर्ताहरुले अनलाईन मार्फत कारोवार गर्ने गरेकाले पनि सेयर बजार खुल्ला रहेको हो । सोही कारणले पनि हुुन सक्छ, निशेधाज्ञा अ‍ै अविधमा पनि नेप्से सुचक तथा कारोवार रकम उच्च अंकले बढेको छ ।

आज आईतबार नेप्से ५४ अंकले बढेर २६ सय ६५ दसमलव १० बिन्दुुमा चढेकोमा सेन्सिटिभ पनि आठ दसमलव ७८ अंकले बढेर चार सय ७७ दसमलव ८१ बिन्दुमा चढेको छ ।

आज दुुई सय २६ वटा कम्पनीहरुको ८३ हजार चार सय चार वटा कम्पनीहरुको एक करोड ५८ लाख ३२ हजार चार सय तीन कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कुुल कारोवार रकम भने सात अर्ब ३६ करोड आठ लाख पाँच हजार रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ९१ अंकले बढेर १७ सय ९४ दसमलव दुुई बिन्दुुमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि ३७ दसमलव ८५ अंकले बढेर २६ सय १३ दसमलव १८ बिन्दुुमा चढेको छ ।

यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुुलक, अन्य, लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको महिला लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९८ प्रतिसतले बढेर ३४ सय ३७ पैसामा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एभरेष्ट बैंकको कन्र्भटेवल प्रिफरेन्सको प्रतियुनिट सेयर मुल्य एक दसमलव ९९ प्रतिसतले घटेर सात सय ३८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनसीसी बैंक प्रतिकित्ता तीन सय ६७ रुपैयाँ अन्तिम मुल्यमा ४२ करोड दुुई लाख ४३ हजार नौ सय तीन रुपैयाँमा कारोवार भएको छ ।

सरकारले निषेधाज्ञा गरेपनि अनलाइनमार्फत् नै शेयर कारोबार गर्न सकिने भएकाले पछिल्लो समय शेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्