कोरोनाबाट आज थप २७ जनाको मृत्यु, ७ हजार २ सय ११ जनामा पुष्टि

काठमाडौँ , बैशाख १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ५९५ जना संक्रमित थपिएका छन्।

काठमाडौँमा २ हजार ७४४ ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १ हजार ६ सय १२ जना डिस्चार्ज भएका छन्। हालसम्म ४८ हजार ७११ सक्रिय संक्रमित रहेका छन्।

यसैगरी देशभर पछिल्लो २४ घण्टामा १६ हजार १४७ पीसीआर तथा ६२३ एन्टिजेन परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३२५ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्