केसीलाई मुख्यमन्त्री बनाउन माग गर्दै लुम्बिनीका बहुमत सांसदले बुझाए प्रदेश प्रमुखलाई पत्र

काठमाडौं , बैशाख १९ । लुम्बिनी प्रदेश सभाका ४२ सांसदले नेकपा (माओवादी केन्द्र) का सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्।

प्रदेश प्रमुख धर्मनाथ यादवलाई आइतबार बुझाइएको पत्रमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टी ९जसपा०का २, राष्ट्रिय जनमोर्चाका १ र सूर्यचिह्नबाट चुनाव जितेका सांसदहरू धर्मबहादुरलाल श्रीस्तव र अजय शाहीले हस्ताक्षर गरेका छन्।

जसपाका चार र माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएपछि लुम्बिनी प्रदेश सभामा बहालवाला सांसद संख्या ८१ छ। उनीहरू ४१ जनाको समर्थन रहेको भन्दै प्रदेश प्रमुख यादवले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्