स्वास्थ्य मन्त्रालयले भन्यो- अक्सिजन सिलिन्डर अनावश्यक सञ्चित नगर्नू

काठमाडौं , बैशाख २० ।  अक्सिजन सिलिन्डर अनावश्यक रूपमा सञ्चित तथा प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

कोरानाको नयाँ भेरियन्टसँगै संक्रमणको लहर फैलिँदै गएकाले संक्रमितहरूको उपचारका क्रममा अक्सिजनको माग बढ्दै गएकाले अनावश्यक रूपमा खाली अक्सिजन सिलिन्डर होल्ड नगर्न मन्त्रालयलको आग्रह छ।

आफूसँग भएका अक्सिजन सिलिन्डर यथाशिघ्र समयमै भरिदिन र आवश्यक परेमा अस्तपालसँग उचित समन्वय गरि अक्सिजन व्यवस्थापनको प्रवन्ध गर्नरगराउन मन्त्रालयको आग्रह छ।

यसैबीच सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ । परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी ले निर्णय गरेको छ ।

उत्पादकहरूले अक्सिजन पर्याप्त भए पनि सिलिन्डर अपुग हुँदा आपूर्ति गर्न नसकिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्