भारतमा कोरोनाबाट एकैदिन ३६ सयभन्दा बढीको मृत्यु

काठमाडौं, बैशाख २० । भारतमा आइतबार महामारी सुरु भएदखिकै उच्च सङ्ख्यामा मानिसहरुको कोभिडका कारण मृत्यु भएको छ ।

एक दिन अगाडि मात्र भारत, एकै दिन ४ लाख बढी नयाँ संक्रमित फेला पर्ने विश्वकै पहिलो मुलुक बनेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ३,६८९ को मृत्यु भएको छ ।

आइतबार प्रधानमन्त्री मोदीले कोरोना संकटकै विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रीसँग भेटवार्ता पनि गरेका हुन् ।

बेड र मेडिकल अक्सिजनको अभावमा अहिले भारतभर अस्पतालहरु बिरामीको उपचार गर्न ठूलो संघर्ष गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्