आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो तोला ?

 

 

काठमाडौँ, बैशाख २० र नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ४०० रूपैयाँ बढेको हो ।

आज सुन प्रतितोला ९० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार सुन तोलाको ९० हजार रूपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ ।

आज पाँच रूपैयाँ बढेको चाँदीको मूल्य १ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्