बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, बैशख २० । बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको ज्यान गएको छ ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना सङ्क्रमणबाट खजुरा-७ की ३२ वर्षीया महिला, खजुरा(२ का ३२ वर्षीय पुरुष, नेपालगञ्ज-१ का ६६ वर्षीय पुरुष, ३ का ५१ वर्षीय पुरुष, बर्दिया बढैयाताल-८ का ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा हिजो राति ज्यान गएको हो ।

यस्तै बाँकेको कोहलपुर-१५ का ६० वर्षीय पुरुष, बैजनाथकी ६० वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमा र नेपालगञ्ज-५ का ४८ वर्षीय पुरुषको शिक्षण अस्पताल नेपालगञ्जमा ज्यान गएको हो । कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म १३६ जनाको ज्यान गइसकेको छ ।

बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १२२ जनाको ज्यान गएको अस्पतालल‍े जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्