नेपाल समूहका थप ३ सांसदलाई सोधियो स्पष्टीकरण

काठमाडौँ, बैशाख २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसदहरू गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।

स्पष्टीकरण एक हप्ता अघि नै सोधिएको र उनीहरू सबैले त्यसको जवाफसमेत पठाइसकेको तामाङले जानकारी दिए ।

तीनै जनाबाट सकारात्मक रुपमा स्पष्टीकरण आएको तामाङको भनाइ छ ।तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको थियो ।

यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।

प्रतिक्रिया दिनुहोस्