प्रधानमन्त्री ओलीले बोलाए ४ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं, बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

अपराह्न ४ बजेका लागि बैठक बोलाएको भूमि व्यवस्था तथा सहकारीमन्त्री डाक्टर शिवमाया तम्बाहाम्फेले जानकारी दिइन् ।

प्रधानमन्त्रीले अपरान्ह ४ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । हिजो आइतबार मन्त्रिपरिषद् बैठक बसी बैशाख २७ गते आफूले विश्वासको मत लिने जानकारी गराउनुका साथै निषेधाज्ञालगायतका विषयमा निर्णय गराएका प्रधानमन्त्री ओलीले आज सोमबार पुनः बैठक राखेको हुँदा केहि विशेष निर्णय हुनसक्ने बताइएको छ।

कोरोना भाइरसको संक्रमण तिव्र बढेका बेला मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्