प्रधानमन्त्री ओलीको सम्बोधनः निषेधाज्ञा थप कडा बनाउने घोषणा

काठमाडौं , र्बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् ।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए ।

उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको ओलीले बताए ।

निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए ।

यस्तै नेपाल भारतबीचको १३ नाका मात्रै सञ्चालन ल्याइएको पनि ओलीले बताए ।ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए ।

ओलीले सोमबार अपराहन्न देशबासीका नाममा सम्बोधन गर्दै कोरोना महामारीको दोस्रो लहर रोक्न सरकारले काम गरिरहेको बताउदै भ्रममा पर्ने गरि आतंकित नहुन र धैर्य रहन अपिल गरेका छन् ।

नेपालले चीन, रुस र कोभ्याक्ससँग निरन्तर सम्पर्कमा रहेर खोप किन्न सरकार लागिरहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले विशेषज्ञहरुको सल्लाहमा जारी निषेधाज्ञा थप कडाई गर्ने बताएका छन् ।

कोरोना नियन्त्रण गर्न प्रदेश र स्थानीय तहसँग समन्यव गरिएको बताउदै सबै स्थानीय तहले विदेशबाट आउनेको अभिलेख राखेर अनुगमन गर्ने व्यवस्था गरिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपाली सेनाले एक हजार बेडको अस्पताल बानुं निर्देशन दिइएको बताउदै ठुला अस्पताललाई कोभिड अस्पताल बनाउन निर्देशन दिइएको बताए ।

उनले रंगशाला, पार्टी प्यालेस लगायतका ठाउमा क्वारेन्टाइन स्थल र आइसोलेसन सेन्टर निर्माण गरिने बताए ।

प्रधानमन्त्री ओलीले देशभर उत्पादन हुने अक्सिजन विरामीको उपचारमा मात्र प्रयोग गरिने बताउदै अक्सिजन निर्यात गरेको पाइएमा कारवाही गरिने बताए । प्रधानमन्त्री ओलीले जनस्वास्थ्यको मापदण्ड पालना गर्न प्रहरीलाई २४ घण्टा खटाइने बताए ।

प्रधानमन्त्री ओलीले राजनीतिक दलका कार्यकर्तालाई कोभिडविरुद्ध जनचेतना फैलाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्